अर्थमन्त्रीको नयाँ कार्ययोजनाको प्रभाव: सेयर बजारमा उत्साह, नेप्से २६ सय ३३ विन्दु पार !

अर्थमन्त्रीको नयाँ कार्ययोजनाको प्रभाव: सेयर बजारमा उत्साह, नेप्से २६ सय ३३ विन्दु पार !

काठमाडौं । पुँजी बजारलाई चलायमान बनाउन अर्थमन्त्रालयले अघि सारेको सुधार कार्ययोजनाले लगानीकर्तामा नयाँ उत्साह भरेको छ। जसका कारण आज नेप्से परिसूचक १ दशमलव ८ ७ प्रतिशतले बढेर २ हजार ६ सय ३३ दशमलव ६ २ विन्दुमा पुगेको छ। बजार परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। दिनभरिमा ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज कारोबारमा आएकामध्ये २ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने बजारका सबै अर्थात् १३ वटै उपसमूहको परिसूचक उकालो लागेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्ययोजनाले बजारमा नीतिगत स्पष्टता र सुधारको संकेत गरेपछि सेयर बजारमा चौतर्फी हरियाली छाएको विश्लेषण गरिएको छ।


काठमाडौं । पुँजी बजारलाई चलायमान बनाउन अर्थमन्त्रालयले अघि सारेको सुधार कार्ययोजनाले लगानीकर्तामा नयाँ उत्साह भरेको छ।

जसका कारण आज नेप्से परिसूचक १ दशमलव ८ ७ प्रतिशतले बढेर २ हजार ६ सय ३३ दशमलव ६ २ विन्दुमा पुगेको छ।

बजार परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ।

दिनभरिमा ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज कारोबारमा आएकामध्ये २ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने बजारका सबै अर्थात् १३ वटै उपसमूहको परिसूचक उकालो लागेका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्ययोजनाले बजारमा नीतिगत स्पष्टता र सुधारको संकेत गरेपछि सेयर बजारमा चौतर्फी हरियाली छाएको विश्लेषण गरिएको छ।