काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान र प्रक्रिया अनुसार १५औँ महाधिवेशन गराएरै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारेका छन् ।
पार्टीभित्र विशेष महाधिवेशन वा नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला देउवाले आफू सधैँ कुर्सीमा बसिरहने पक्षमा नरहेको बताएका हुन् ।
वैधानिक रूपमा महाधिवेशन सम्पन्न गरी सहज रूपमा साँचो सुम्पिनु नै आफ्नो मुख्य दायित्व भएको उनको भनाइ छ।

प्रतिक्रिया