मोदीलाई नेपाल भ्रमणको निम्तो

मोदीलाई नेपाल भ्रमणको निम्तो


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । उनले भारतीय नागरिकलाई पनि नेपालका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल घुम्न आउन आग्रह गरेका छन् ।

सोमबार भारतको हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

‘यस महत्त्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिन चाहन्छु,’ उनले भने ।

प्रधानमन्त्री शाहले भारतका नागरिकलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरे । उनले मुक्तिनाथ, पशुपतिनाथ, जानकी मन्दिर, जीवित देवी कुमारी र गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत स्थानको उल्लेख गर्दै नेपाल आउन निमन्त्रणा दिएका हुन् ।