काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले मुलुकको सङ्कटपूर्ण अवस्थालाई नाफा कमाउने दाउ बनाएर कालोबजारीयाहरूले जनतामाथि लुट धन्दा मच्चाएको आरोप लगाएका हुन् ।
बजारमा खाद्यान्नको भाउ अचाक्ली बढेको दृष्टान्त दिँदै उनले चामल प्रतिबोरा २ हजार ७ सय, सूर्यमुखी तेल प्रतिलिटर ३ सय, तोरीको तेल ४ सय ४० र खसीको मासु प्रतिकेजी १ हजार ७ सय रुपैयाँसम्म पुगेको भन्दै आक्रोश व्यक्त गरे ।
जनताको भान्छा महँगिँदा समेत सरकार मूकदर्शक बनेको भन्दै उहाँले तत्काल बजार अनुगमन गरी दोषीमाथि कारबाही गर्न र मूल्यवृद्धि नियन्त्रण गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया