रसुवाका बाढी प्रभावित क्षेत्रमा झाडापखाला फैलियो, ८१ जना बिरामी

रसुवाका बाढी प्रभावित क्षेत्रमा झाडापखाला फैलियो, ८१ जना बिरामी


काठमाडौं । रसुवाका बाढी प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन थालेको छ।
बाढीपछि स्थापना गरिएको होल्डिङ सेन्टरमा बसिरहेका ८१ जनामा झाडापखालाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अस्थायी आवासमा स्वच्छ खानेपानी, सरसफाइ र पर्याप्त शौचालयको अभावका साथै भिडभाडका कारण संक्रमणको जोखिम तीव्र रूपमा बढेको हो।
मन्त्रालयका अनुसार उत्तरगाया गाउँपालिकास्थित शिवालय आधारभूत विद्यालयमा आश्रय लिइरहेका केही बाढी प्रभावितहरूमा उच्च ज्वरो समेत देखिएको छ।

यसैबीच, बिरामी परेका उत्तरगायाका एक वडाध्यक्षलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी सरसफाइ र औषधी उपचारको व्यवस्था मिलाउने प्रयास भइरहेको छ।