भोटेकोशी विपद्बाट २५ अर्बको सडक पूर्वाधार ध्वस्तः सडक र पुल पुनर्निर्माणको कार्ययोजना तयार

भोटेकोशी विपद्बाट २५ अर्बको सडक पूर्वाधार ध्वस्तः सडक र पुल पुनर्निर्माणको कार्ययोजना तयार

सडक र पुल पुनर्निर्माणको कार्ययोजना तयार


काठमाडौं । भोटेकोशी विपद्बाट क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले कार्ययोजना अघि बढाएको छ ।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलकाअनुसार हालसम्म सडक पूर्वाधारमा करिव २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको पहिचान गरिएको हो ।

सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सचिव सिग्देलले क्षतिग्रस्त आयोजनाहरूको वर्गीकरण गरी पुनर्निर्माणको कार्ययोजना तयार पारिएको जानकारी दिएका छन् ।