प्रधानमन्त्रीको विदेश भ्रमणमा जलवायु न्याय र रसुवाको बाढीलाई उच्च प्राथमिकता दिइयोस्ः मदनकुमारी साह

प्रधानमन्त्रीको विदेश भ्रमणमा जलवायु न्याय र रसुवाको बाढीलाई उच्च प्राथमिकता दिइयोस्ः मदनकुमारी साह


काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीकी नेतृ मदनकुमारी साहले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय क्षति र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको मुद्दालाई विश्व मञ्चमा सशक्त रूपमा उठाउन सरकारसँग माग गरेकी छन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले जलवायु न्याय, हानि–नोक्शानीको क्षतिपूर्ति र हिमाली क्षेत्रको सुरक्षालाई कुटनीतिक एजेण्डाको प्राथमिकतामा राख्न आग्रह गरेकी हुन् ।

नेकपा नेतृ साहले भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र नहेरी जलवायु संकटको परिणामका रूपमा व्याख्या गर्नुपर्नेमा जोड दिइन् ।