जरिवानाको विषयमा विवादपछि चालकद्वारा आत्मदाहको प्रयास

जरिवानाको विषयमा विवादपछि चालकद्वारा आत्मदाहको प्रयास


काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा आज रिद्धीसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच तीव्र विवाद भएको खुलेको छ। जरिवाना चिट काट्ने विषयमा विवाद हुँदा काभ्रेका २५ वर्षीय बस चालक दावा लामाले आफ्नै बसभित्र आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। आगलागीबाट गम्भीर घाइते भएका चालक लामाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा लिइएको भिडियोमा चालक लामाले आफू मर्न तयार भएको तर फाइन नतिर्ने विना कसुर फाइन हान्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेको सुनिन्छ। बिना कसुर जरिवाना काट्न खोजेको आरोप चालकले लगाएका छन् भने घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।