काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनका अपराधीहरुलाई कारबाही किन नगरेको भन्दै प्रश्न गरेका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनका अपराधीहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका हुन् । अपराधी समाउन नसके कुर्सी छोड्न आग्रह गरे ।

प्रतिक्रिया