काठमाडौं । जेनजी आन्दोलनका बेला फरार भएका एक कैदी पक्राउ परेका छन्। आन्दोलनको क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका ४३ वर्षीय कोमलराज उपाध्याय काठमाडौंको कागेश्वरी मनोहरा–७ पोखरीबाट पक्राउ परेका हुन्।
ठगी मुद्दामा कैद भुक्तान गरिरहेका उनी २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला फरार भएपनि प्रहरीले उनको खोजी गरिरहेको थियो। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनलाई सोमबार राति ९ः ३० बजे पक्राउ गरेको हो।
पक्राउ परेका उपाध्यायलाई आवश्यक प्रकृया पूरा गरी सुन्धारा केन्द्रीय कारागार पठाइएको छ।

प्रतिक्रिया