गृहमन्त्री र आईजीपीलाई स्वाट्टै हान्छु भन्ने भन्सार अधिकृतलाई तुरुन्त कारबाही गर-टिका संग्रौला

गृहमन्त्री र आईजीपीलाई स्वाट्टै हान्छु भन्ने भन्सार अधिकृतलाई तुरुन्त कारबाही गर-टिका संग्रौला


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षकलाई धम्क्याएको अडियो सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा उनले राज्यको चेन अफ कमाण्ड र मर्यादालाई नै चुनौती दिने गरी आएको उक्त अभिव्यक्तिबारे तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् ।
सांसद संग्रौलाले सदनमा बोल्दै कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई अत्यन्त तल्लो स्तरको भाषा प्रयोग गर्दै थर्काएको विषयले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादामा आघात पुगेको बताइन् ।
सार्वजनिक भएको उक्त अडियोमा ती अधिकृतले सशस्त्र प्रहरीका महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै ‘स्वाट्टै हान्छु’ भनी धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ ।