एमालेलाई निजी कम्पनीजस्तो बनाइयो, ओलीले अब छाड्नुपर्छः केन्द्रीय कमिटी बैठक

एमालेलाई निजी कम्पनीजस्तो बनाइयो, ओलीले अब छाड्नुपर्छः केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ। पार्टीलाई मनोमानी ढङ्गले चलाएको र यही कार्यशैलीले एमाले अघि बढ्न नसक्ने भन्दै पदाधिकारीहरूरूले नै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले एमालेलाई निजी कम्पनीजस्तो बनाउन खोजिएको आरोप लगाउँदै यसरी पार्टी नचल्ने भएकाले अध्यक्षले पद छाड्नुपर्ने धारणा राखे ।
उनले आगामी निर्वाचन नजिकिँदै गर्दा यही स्थितिमा पार्टी चुनावमा जान नसक्ने चेतावनी दिएका छन् । त्यस्तै, अर्का सचिव यामलाल कँडेलले ओलीको नेतृत्वमा एमाले एक मिनेट पनि अघि बढ्न नसक्ने भन्दै बैठक सञ्चालन र निर्णय प्रक्रियाप्रति तीव्र असन्तुष्टि जनाए ।