प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायता विधेयक’ पेश

प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायता विधेयक’ पेश


काठमाडौं । प्रतिनिधि सभामा ‘निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ पशे भएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पेश गरेकी हुन् ।

नागरिकको न्यायमा समान पहुँच सुनिश्चित गर्ने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई कानूनी संरक्षण प्रदान गर्ने उद्देश्यले उक्त विधेयक संसद्मा पेश गरिएको हो ।

बैठकमा मन्त्री गौतमले विधेयक प्रश्तुत गर्नका लागि अनुमति माग्ने प्रस्तावसमेत पेश गरेकी हुन्