बाढी प्रभावित नागरिकको उद्धार र पुनःस्थापनाका लागि प्याब्सनद्वारा २० करोड ८९ लाख राहत सहयोग

बाढी प्रभावित नागरिकको उद्धार र पुनःस्थापनाका लागि प्याब्सनद्वारा २० करोड ८९ लाख राहत सहयोग

२० करोड ८९ लाख सहयोग


काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले १० भदौमा रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीपीडितको राहत तथा पुनस्र्थापनाको लागि २० करोड ८९ ला रुपैयाँ राहत सहयोग गरेको छ ।

बिहीवार प्याब्सनले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाढीपीडित नागरिकको राहत तथा पुनस्र्थापनाको लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ आिर्थक सहयोग गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले भोटेकोशी–त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह पनि गरे ।