काठमाडौं । प्रतिनिधि सभाको बिहीवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि सांसदहरूले गम्भीर चासो व्यक्त गरेका छन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्तावमा छलफल गर्दै सांसदहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन, स्थानीय तहको क्षमता अभिवृद्धि र फोहोरलाई स्रोतको रूपमा उपयोग गर्ने नीतिमा जोड दिएका हुन् ।
छलफलका क्रममा नेपाली काँग्रेस सांसद गङ्गालक्ष्मी अवालले फोहोर वर्गीकरणको व्यावहारिक जटिलता औंल्याउँदै भक्तपुर नगरपालिकाको उदाहरणीय अभ्यासलाई राष्ट्रिय स्तरमा लागू गर्नुपर्ने बताएका छन् ।
उनले दण्ड–सजाय मात्रै समस्याको समाधान नभएको बताउँदै, पर्याप्त पूर्वाधार र बजेटबिना नागरिकमाथि जरिवाना थोपर्न नहुने तर्क गरे ।

प्रतिक्रिया