काठमाडौं । नेकपा एमालेले ललितपुरमा जारी पार्टी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म संप्रेषण गर्ने निर्णय गरेको छ।
बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।
उनकाअनुसार बैठकले अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्ष समेत निकालेको छ । उपमहासचिव भट्टले बैठकमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने व्यक्तिका विषयमा छलफल भएको पनि बताएका छन्।
मनोनयनको सम्बन्धमा अन्तिम निर्णय केन्द्रिय कमिटीको बैठकबाट हुने उनको भनाइ छ ।

प्रतिक्रिया