असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको उच्च जोखिमः शतर्क रहन राष्ट्रिय सभा अध्यक्षको आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको उच्च जोखिमः शतर्क रहन राष्ट्रिय सभा अध्यक्षको आग्रह


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गरेका छन् ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले बङ्गालको खाडीमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गरेका हुन् ।

मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मान्दै उहाँले बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै सम्भावित क्षति न्युनिकरणका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।