काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ ।
बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरेको प्रश्ताव गरेको थियो ।
ललितपुरमा सम्पन्न पार्टी केन्द्रिय कमिटी बैठकले उक्त प्रश्ताव अनुमोदन गरेको सचिव पद्या अर्यालले जानकारी दिएकी हुन् ।
उनले पार्टी सदस्यता प्रदान गरिसकेपछि भण्डारीलाई जिम्मेवारीविहीन राख्नु उपयुक्त नहुने भन्दै यस्तो निर्णय गरिएको बताइन् ।

प्रतिक्रिया