काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (युएन)को महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रस्तुत गरेको वक्तव्य र उपस्थिति अहिले सामाजिक सञ्जालमा छाएको छ। विश्वमञ्चबाट प्रधानमन्त्री शाहले दिएको ओझिलो सम्बोधन र प्रस्तुतिको सर्वत्र प्रशंसा भइरहेको छ।
विश्वमञ्चमा देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शाहले राखेका विषयवस्तु, प्रस्तुति शैली र उच्च आत्मविश्वासको प्रशंसा गर्दै फेसबुक, टिकटक, एक्स लगायतका सामाजिक सञ्जालमा उनका भिडियो र तस्बिरहरू भाइरल भइरहेका छन्।
विशेष गरी पुराना राजनीतिक दलका नेता(कार्यकर्तादेखि नयाँ पुस्तासम्मले प्रधानमन्त्री शाहको भाषणका मुख्य अंशहरू सेयर गर्दै बधाई तथा धन्यवाद दिइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो उपस्थितिलाई नेपालको गर्विलो प्रतिनिधित्व र नयाँ युगको सशक्त नेतृत्वको रूपमा टिप्पणी गरेका छन्।

प्रतिक्रिया