काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सहज जित हासिल गरेको छ ।
जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
१०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३३ र गुल्शन झाले १ रन बनाए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए । विनिङ शट खेल्ने प्रयास गरेका ऐरी १७.१ ओभरमा आउट भए । सन्दीप जोराले ३४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
अफगानिस्तानका लागि फरिदुन दावादजाइ, अरब गुल र अब्दोल्लाह अहमदजाईले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १०२ रन बनाएको हो ।
अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नजबुल्लाह जदरानले ३०–३० रन जोडे ।
नेपालका लागि कुशल भूर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।

प्रतिक्रिया