वर्षा थपिएपछि विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारमा सकस, बाढीपीडित थप समस्यामा

वर्षा थपिएपछि विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारमा सकस, बाढीपीडित थप समस्यामा


काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो प्रभावित बासिन्दाको जनजीवन झनै कष्टकर बनेको छ।

पछिल्ला दिनहरूमा निरन्तर भइरहेको वर्षाले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्थापनाको कार्यमा सास्ती थपेको छ।

अस्थायी टहरा र खुला आकाशमुनि बसोवास गरिरहेका पीडितहरू पानी परेका कारण ओत लाग्न, खाना पकाउन र शुद्ध खानेपानीको प्रबन्ध गर्न समस्यामा परेका छन्।

नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा पानीको सतह पुनः बढ्न सक्ने भन्दै वर्षा जारी रहेकाले थप जोखिम र महामारी फैलिन सक्ने खतराप्रति सजग रहन तथा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन र उद्धार निकायहरूले आग्रह गरेका छन्।