तेलगंगा ताल फुट्ने त्रासले स्थानीय घरबाहिर

तेलगंगा ताल फुट्ने त्रासले स्थानीय घरबाहिर


काठमाडौं । अविरल वर्षाका कारण लमहीस्थित तेलगंगा तालमा पानीको सतह बढ्दै गएपछि ताल आसपासका बासिन्दामा त्रास फैलिएको छ। ताल फुट्न सक्ने आशंकामा तेलिया गाउँका स्थानीय बासिन्दा सम्भावित जोखिमबाट जोगिन घरबाहिर निस्किएका छन्।

लगातारको वर्षाका कारण तालमा पानीको बहाव र सतह बढ्दै गएपछि स्थानीयमा ताल फुट्ने डर बढेको हो। जोखिम बढ्न सक्ने भन्दै स्थानीयले सुरक्षित स्थानको खोजी गर्दै घरबाहिर निस्कन थालेका छन्।

निरन्तर वर्षा भइरहेकाले तालको अवस्था थप जोखिमपूर्ण बन्न सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायलाई तत्काल आवश्यक सावधानी अपनाउन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था गर्न आग्रह गरेका छन्।

ताल आसपासका बासिन्दालाई सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भावित विपद्का लागि सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ।