काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आईतवार देशभरका नदी तथा खोलाहरुमा बाढीको जोमिख रहेको जनाएको हो ।
महाशाखाकाअनुसार गण्डकी प्रदेशका केही जिल्लामा बाढीको जोखिम अति उच्च रहेको छ ।
महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण नारायणी बेसिनअन्तर्गतका म्याग्दी, कालीगण्डकीलगायत नदीमा पानीको सतह उल्लेख्य बढेको छ । ती क्षेत्रमा बाढीको जोखिम उच्च रहेको उनले बताए ।

प्रतिक्रिया