मानव अधिकार आयोगको एक्सनः बयानका लागि टेकुका प्रहरी प्रमुखलाइ बोलाइयो

मानव अधिकार आयोगको एक्सनः बयानका लागि टेकुका प्रहरी प्रमुखलाइ बोलाइयो


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई बयानका लागि डाकेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखिएको समयमा आयोगको टोलीलाई भेटघाट गर्न नदिएको विषयमा स्पष्टीकरण र बयानका लागि असोज १३ गते मंगलबार उपस्थित हुन पत्र पठाइएको आयोगले जनाएको छ।

गत आइतबार जबरालाई हिरासतमा राखिएको अवस्था र मानव अधिकारको स्थितिबारे अनुगमन गर्न आयोगका सदस्य मनोज दुवाडीसहितको टोली टेकु पुगेको थियो।

तर, कार्यालयले प्रवेश नदिएपछि आयोगको टोली करिब ४५ मिनेट गेटमै कुरेर फर्कन बाध्य भएको थियो। सोही घटनालाई गम्भीरतापूर्वक लिँदै मानव अधिकार आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले खड्कालाई आयोगमै उपस्थित भई बयान दिन औपचारिक पत्र पठाइएको पुष्टि गरेका छन् ।