काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरबाट २० र २२ वर्षीया विद्यार्थी नेतृ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।नेपाल विद्यार्थी संघ (नेविसंघ) का जिल्ला सहसचिवद्वय २० वर्षीया रिजा थापा र २२ वर्षीया स्वस्तिका गौतम महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
कम उमेरमै पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनीहरूको निर्वाचनलाई कांग्रेसभित्र युवा पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ।

प्रतिक्रिया