काठमाडौं । संसद्को जारी अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गरेका छन् ।
चालु अधिवेशन बजेट अधिवेशनका रूपमा रहेको थियो । यो अधिवेशनले बजेट मात्र पारित नगरी केही विधेयकहरू पनि पारित गरेको थियो । आज मात्र संसद्मा निजामती विधेयक पुगेको थियो । तर, यो विधेयकमाथि छलफल सुरु नहुँदै सरकारले अधिवेशन अन्त्य गरेको छ ।

प्रतिक्रिया