बलियो सरकार त पायौँ, तर शासन किन यति कमजोर गरिरहेछ रु स् सांसद आङ्देम्बे

बलियो सरकार त पायौँ, तर शासन किन यति कमजोर गरिरहेछ रु स् सांसद आङ्देम्बे


काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सरकारसँग संसद्मा स्पष्ट बहुमत भए पनि शासकीय कौशलता र नतिजामुखी कार्यशैलीको अभाव देखिएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङ्देम्बेले सरकार गठन भएको ६ महिना पूरा हुँदासमेत जनजीवन कठिन बन्दै गएको र सरकार अनुभवी नभई भूलचुकमै रमाइरहेको टिप्पणी गरे । संसद्को बजेट अधिवेशन समापनको संघारमा उभिएर उनले ९ वटा बुँदामा सरकारको ध्यानाकर्षण गराउँदै आत्मसमीक्षा गर्न आग्रह गरे ।

‘हामीले बलियो सरकार खोजेका हौँ, पायौँस तर बलियो सरकार पनि किन कमजोर शासन गरिरहेछरु यो मेरो मनमा साह्रै धेरै उब्जिरहेको प्रश्न पनि हो । बहुमतले सरकार बनाउन सक्ला, तर जनताको विश्वास टिकाउन सक्दैन । त्यसका लागि दृष्टि, संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम चाहिन्छ। संसद्मा प्राप्त संख्याले बजेट पारित गर्न त सक्ला तर रोजगारी सिर्जना गर्न सक्दैन, सरकार टिकाउन त सक्ला तर जनताको आशा टिकाउन सक्दैन,’ उनले भने ।

उनले प्रधानमन्त्रीको कार्यशैली र संसद्प्रतिको उत्तरदायित्वमाथि पनि गम्भीर प्रश्न उठाए । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा जाँदा र फर्किँदा संसद्लाई कुनै जानकारी नगराइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । साथै, प्रमुख प्रतिपक्षीले सदनमा प्रश्न उठाउँदा प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत भएको उनको भनाइ थियो ।

अर्थतन्त्रको अवस्था, बढ्दो महँगी र विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाउँदै उनले मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने र बिनाकारण छोड्ने हर्कतले विधिको शासनको उपहास गरेको बताए । लोकप्रियतावाद र सामाजिक सञ्जालको भरमा नभई परिणाममुखी काम गरेर जनतामा भरोसा जगाउन उनले सरकारलाई सुझाव दिए ।