कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी कार्यालयमा सुरु

कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया पार्टी कार्यालयमा सुरु


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ ।

पार्टी कार्यालय बीपीनगर सानेपामा शनिबार दिउँसो महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरू भएको हो । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ ।

नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् । उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ । महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौंको खुलामञ्चमा हुनेछ । १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।