पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप


दमौली। जिल्लाका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दश पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का दुई हजार पाँच सय ४२ र विद्यालयबाहिर रहेका दश वर्ष उमेरका छ किशोरीलाई खोप लगाइएको हो । जिल्लाका दशवटै स्थानीय तहका दुई सय ५४ विद्यालयमा खोपकेन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो ।

व्यास नगरपालिकाका ७३५, शुक्लागण्डकी नगरपालिकाका ४६९, ऋषिङ गाउँपालिकाका ११२, बन्दीपुर गाउँपालिकाका १८६, भानु नगरपालिकाका २१६, भिमाद नगरपालिकाका २३८, आँबुखैरेनी गाउँपालिकाका दुई सय २६, घिरिङ गाउँपालिकाका ९२, देवघाट गाउँपालिकाका २२९ र म्याग्दे गाउँपालिकाका १४५ किशोरीले खोप लगाएका छन् ।