काठमाडौं । नवनेथेम ‘नाभी’ पिल्लईलाई सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
नोबेल शान्ति पुरस्कार समितिका जोर्गेन वाट्ने फ्राइडनेसका अनुसार शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा गरेको प्रयासका लागि पिल्लईलाई यो पुरस्कार प्रदान गरिएको हो ।
यस वर्षको नोबेल शान्ति पुरस्कार यो साताको पाँचौँ नोबेल पुरस्कार हो । यसअघि साहित्य, रसायनशास्त्र, भौतिकशास्त्र र चिकित्साशास्त्रतर्फका पुरस्कार घोषणा भइसकेका छन् । सन् २०२५ मा भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले नोबेल शान्ति पुरस्कार जितेकी थिइन् ।
१२ करोड स्विडिस क्रोनर अर्थात् करिब १२ लाख अमेरिकी डलर राशिको नोबेल शान्ति पुरस्कार आगामी डिसेम्बर १० मा नर्वेको ओस्लोमा प्रदान गरिनेछ । यो दिन नोबेल पुरस्कार स्थापना गर्ने स्विडिस उद्योगपति अल्फ्रेड नोबेलको मृत्यु भएको वार्षिकोत्सव हो । उनले सन् १८९५ मा आफ्नो इच्छापत्रमार्फत यी पुरस्कार स्थापना गरेका थिए ।

प्रतिक्रिया