काठमाडौं । मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग भूकम्पसम्बन्धी विपद् बन्ड सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिनेदेखि खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेसम्मका चार निर्णय गरेको छ ।
आज बसेको बैठकले विश्व बैंकसँग Nepal Earthquake Catastrophe Bond सम्बन्धी Mandate Agreement मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
जापानको आईची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया