काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा प्रमुख सचेतक बासना थापाले १५औँ महाधिवेशनमा कीर्तिमानी मतका साथ जित हासिल गर्नुभएको छ।
काठमाडौँमा सम्पन्न मतगणनाअनुसार थापाले महिला खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरी पहिलो स्थान हासिल गर्नुभएको हो।
गत वर्षको जेनजी आन्दोलनपछि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेख क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित थापाले पार्टीभित्र युवा र महिलाको प्रतिनिधित्व सशक्त हुनुपर्नेमा जोड दिँदै आउनुभएको छ।
महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएसँगै कांग्रेसमा महिला नेतृत्व स्थापित हुँदै गएको बताउँदै थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया