काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले खड्कालाई आज पक्राउ गरेको हो।
प्रधानमन्त्रीको निर्देशनपछि सीआईबीले खड्कासहित अन्य मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ। मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारबाट आर्थिक भार पर्ने गरी रकम असुल्दै सिन्डिकेट सञ्चालन गरेको आरोपमा खड्कामाथि अनुसन्धान भइरहेको थियो।
नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत रहेका खड्काबारे थप विवरण केही समयपछि सार्वजनिक गरिने सीआईबीले जनाएको छ। उनी यसअघि वैदेशिक रोजगार बोर्डका सदस्यसमेत थिए।

प्रतिक्रिया