काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले घरबाटै गिरफ्तार गरी भोटाहिटीस्थित साइबर ब्यूरो लगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो।
पन्तको परिवारले जग्गा कब्जा गरेको विषयमा समाचार प्रकाशित भएपछि सोही रिसइबीका कारण जाहेरी परेको बताइएको छ। पक्राउ लगत्तै प्रतिक्रिया दिँदै सम्पादक श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाँदै गरेको जानकारी दिनुभयो।
समाचारको विषयलाई लिएर नियमनकारी निकाय प्रेस काउन्सिलको क्षेत्राधिकार मिच्दै प्रहरी र साइबर ऐनको दुरुपयोग गरेर पत्रकारलाई घरैबाट नियन्त्रणमा लिइएको भन्दै नेपाल पत्रकार महासंघ लगायत सञ्चार सम्बद्ध संस्थाहरूले कडा आपत्ति जनाएका छन्।

प्रतिक्रिया