काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ निर्वाचित नवनिर्वाचित सभापति गगनकुमार थापाले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदबहाली गर्दै हुनुहुन्छ।
बडादसैँको फूलपातीका अवसरमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा विशेष कार्यक्रमका बीच सभापति थापाले कार्यभार सम्हाल्ने तय भएको छ।
तर, संशोधित विधानअनुसार निर्वाचित अन्य पदाधिकारी तथा २३१ सदस्यीय केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहण भने दसैँपछि मात्रै गराइने पार्टी कार्यालयले जनाएको छ।

प्रतिक्रिया