काठमाडाै । चीनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले भोगिरहेको अकल्पनीय प्राकृतिक विपद्को हवाला दिँदै विश्व समुदायसमक्ष जलवायु न्यायको माग जोडदार रूपमा उठाएकी छन्।
अन्तर्राष्ट्रिय मञ्चबाट सम्बोधन गर्दै उनले विश्व शासन प्रणाली शक्ति र पहुँचका आधारमा नभई अन्तर्राष्ट्रिय कानुन र साना–जोखिममा रहेका मुलुकहरूको सम्मानमा आधारित हुनुपर्ने स्पष्ट पारिन्।
उनले हिमाली क्षेत्रको जलचक्र र जैविक विविधता जोगाउन चीन, नेपाल र भारतबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा तत्काल सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएकी छन्।
साथै हतियारको होडबाजीमा हुने अर्बौँ खर्चलाई गरिबी र जलवायु जोखिम न्यूनीकरणमा लगाउन उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिन्।

प्रतिक्रिया