राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको मन्दिरमा पुगेर पूजापाठ र दर्शन

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको मन्दिरमा पुगेर पूजापाठ र दर्शन


 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा आज नवदुर्गा भवानीको विशेष पूजाअर्चना तथा दर्शन गर्नुभएको छ।

मन्दिर प्राङ्गण पुग्नुभएका राष्ट्रपति पौडेललाई मन्दिरका पुजारी तथा व्यवस्थापन समितिले भव्य स्वागत गरेका थिए। पूजाअर्चनाका क्रममा राष्ट्रपति पौडेलले देशमा दिगो शान्ति, सुशासन र सम्पूर्ण नेपालीहरूको सुख, समृद्धि एवं सुस्वास्थ्यका लागि प्रार्थना गर्नुभएको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका मूल पुजारीबाट नवदुर्गा भवानीको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको थियो। दर्शनका क्रममा मन्दिर परिसरमा उपस्थित सर्वसाधारण तथा भक्तजनहरूले राष्ट्रप्रमुखको उपस्थितिप्रति खुसी व्यक्त गरेका थिए।