रास्वपा सभापति लामिछाने पत्नी निकितासहित गुवाहाटीस्थित प्रसिद्ध कामाख्या देवी मन्दिरमा

रास्वपा सभापति लामिछाने पत्नी निकितासहित गुवाहाटीस्थित प्रसिद्ध कामाख्या देवी मन्दिरमा


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतको आसाम राज्यस्थित गुवाहाटीमा रहेको प्रसिद्ध शक्तिपीठ माँ कामाख्या देवी मन्दिरको दर्शन तथा विशेष पूजाआजा गर्नुभएको छ।सभापति लामिछाने पत्नी निकिता पौडेलसहित मन्दिर पुगेर धार्मिक विधिअनुसार पूजाअर्चना गर्नुभएको हो।

मन्दिर दर्शनपछि उहाँले तान्त्रिक तथा शक्ति उपासनासँग सम्बन्धित मन्त्र “ऐं ह्रीं क्लीं कामाख्यै नमः॥ क्लीं क्लीं कामाख्या क्लीं क्लीं नमः॥” स्मरण गर्दै सबैको कल्याणको कामना गर्नुभएको छ।
गुवाहाटीको नीलाचल पहाडमा अवस्थित कामाख्या देवी मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि ५१ शक्तिपीठमध्ये एक प्रमुख तथा शक्तिशाली तान्त्रिक पीठ मानिन्छ। चाडपर्व तथा विशेष अवसरहरूमा नेपालका विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तित्वहरू यस मन्दिरमा पुग्ने गरेका छन्।