काठमाडाै । यमनका इरान समर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व भयावह बन्दै जाँदा साउदीमा कार्यरत साढे ३ लाखभन्दा बढी नेपाली श्रमिकहरूको जीवन गम्भीर सुरक्षा जोखिममा परेको छ।
हुथी विद्रोहीहरूले साउदीका अन्तर्राष्ट्रिय विमानस्थल, आरामको (Aramco) आयोजना र औद्योगिक क्षेत्रहरूमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र पारेपछि स्थिति नियन्त्रणबाहिर जाँदैछ।
खतरा बढेपछि अमेरिकाले आफ्ना गैर-अत्यावश्यक कर्मचारी तथा कूटनीतिज्ञहरूलाई साउदी छाड्न आदेश दिइसकेको छ।
तर, भर्खरै आक्रमणमा एक नेपाली नागरिकको ज्यानसमेत गइसकेको अवस्थामा पनि नेपाल सरकार र दूतावास मौन बस्दा “मरुभूमिमा खटिएका साढे ३ लाख नेपालीको सुरक्षाको जिम्मा कसले लिने?” भन्दै पीडित परिवार र नागरिक समाजले काठमाडौंको सत्तालाई कडा प्रश्न गरिरहेका छन्।

प्रतिक्रिया