कांग्रेसबाट टाढिएका १० लाख जनता फर्काउछौंः सभापति थापा

कांग्रेसबाट टाढिएका १० लाख जनता फर्काउछौंः सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका र भूमिकाविहीन बनेका नेता(कार्यकर्ताहरूलाई क्षमताका आधारमा जिम्मेवारी दिने घोषणा गरेका छन्।
स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीभित्र पदका आधारमा विभेद गर्ने, आसन(ग्रहणमा प्रतिस्पर्धा गर्ने र चुनाव हार्नेलाई पाखा लगाउने परिपाटी अब पूर्ण रूपमा अन्त्य हुने स्पष्ट पारे।

पार्टीलाई चार पुस्ताको साझा थलो बनाउने दाबी गर्दै सभापति थापाले कांग्रेसबाट टाढिएका करिब १० लाख पुराना मतदाता तथा असन्तुष्ट परिवारलाई पुनस् पार्टीमा जोड्न आगामी मंसिरभित्रै विशेष ‘घर(दैलो अभियान’ सुरु गरिने बताए।

गुटबन्दी र आन्तरिक चिन्ता छाडेर जनताको घरमा पुग्न र युवापुस्ताको प्रश्नको सम्बोधन गर्न उनले नेता(कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।