चलचित्र विकास बोर्डलाई साझा संस्था बनाउन मन्त्री तिमिल्सिनाको आग्रह

चलचित्र विकास बोर्डलाई साझा संस्था बनाउन मन्त्री तिमिल्सिनाको आग्रह


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाएर ठोस काम गर्न नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आग्रह गरेका छन् ।

मन्त्री तिमिल्सिनाले सरकारले चलचित्र निर्माण गर्नेभन्दा पनि त्यसका लागि उपयुक्त वातावरण, नीति र प्रोत्साहन उपलब्ध गराउनुपर्ने बताए । बोर्डले सरकार र चलचित्रकर्मीबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

सहसचिव रविलाल शर्माका अनुसार बोर्डको अध्यक्ष छनोटका लागि १२ जना आवेदकबाट प्रस्तुतीकरण र अन्तर्वार्ता लिएपछि उत्कृष्ट तीन जनाको नाम सिफारिस गरिएको थियो ।