काठमाडौंः राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ ।
मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक बनाए । उनी ५० बलमा ७० रन बनाएर आउट भएका छन् । त्यस क्रममा उनले ५ छक्का र ५ चौका प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म चितवनले १५ ओभरमा ३ विकेट गुमाएर १०५ रन बनाएको छ ।

प्रतिक्रिया