काठमाडौं । नेपाल फुटबल संघ भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ। एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत कार्यसमिति सदस्यहरूले एन्फा मुख्यालयको ताला खोलेर आपत्कालीन कार्यसमिति बैठक डाक्ने अन्तिम तयारी गरेका छन्।
एन्फा विधानको धारा ३१९२० बमोजिम एक तिहाइ सदस्यहरूले लिखित माग गर्दा पनि अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म बैठक नडाकेपछि बहुमत सदस्यहरू आफैँ अघि बढेका हुन्।
अध्यक्ष नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध खेल मिलेमतो तथा ठगीसम्बन्धी गम्भीर मुद्दा चलेपछि एन्फाको प्रशासनिक तथा खेल गतिविधि ठप्पप्रायः बनेको थियो।
बहुमत सदस्यको यो कदमले एन्फाको नेतृत्व परिदृश्य नै बदलिने संकेत गरेको छ।

प्रतिक्रिया