काठमाडौं । एलपी ग्यासको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन नेपाल आयल निगमले दिएको अनिवार्य भ्याट बिल जारी गर्ने निर्देशनलाई ग्यास विक्रेता महासंघ नेपालले स्वागत गरेको छ। निगमले गत कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगहरूलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल दिन व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा ग्यास बिक्रीमा बिल नदिने प्रवृत्ति अन्त्य गर्न यो कदम कोशेढुङ्गा सावित हुने उल्लेख छ। महासंघले सम्पूर्ण ग्यास व्यवसायीहरूलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न कडा आग्रह गर्दै आम उपभोक्ताहरूलाई पनि ग्यास किन्दा अनिवार्य रूपमा बिल माग्न र लिन अनुरोध गरेको छ।

प्रतिक्रिया