काठमाडाै । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य २५ वर्षीय अंकित पोखरेलको मध्यराति भएको सवारी दुर्घटनामा परि दुखद निधन भएको छ। विराटनगर महानगरपालिका-१० स्थित निर्मल जल उद्योग नजिकै आफ्नै जन्मदिन मनाएर घर फर्किने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै गम्भीर घाइते भई बेहोस भएका पोखरेललाई उपचारका लागि तत्काल विराट नर्सिङ होम पुर्याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए। जीपी कोइराला फाउन्डेसन मोरङ युवा कार्यदलका पूर्वअध्यक्ष समेत रहेका र विद्यार्थी राजनीतिमा सक्रिय पोखरेलको यस असामयिक अवसानले उनका परिवार, आफन्त, सहपाठी र सिङ्गो विद्यार्थी वृत्तमा गहिरो शोक र सन्नाटा छाएको छ।

प्रतिक्रिया