काठमाडाै । पत्रकार तथा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले वर्तमान नागरिकता ऐनमा रहेका गम्भीर त्रुटिहरू तत्काल सच्याउन सरकारसँग जोडदार माग गरेका छन्। वास्तविक नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकताबाट बञ्चित गराउने र अनागरिक बनाउने खेल भइरहेको भन्दै उनले यसको कडा प्रतिवाद गरेका हुन्।
धमलाले बाबु-आमा दुवै नेपाली वंशज हुँदाहुँदै सन्तानलाई नागरिकता नदिने वा खोस्ने अधिकार राज्य र सरकारलाई नभएको प्रष्ट पारेका छन्। संविधानले दिएको मौलिक अधिकारको धज्जी उडाउँदै बनाइएका विभेदकारी प्रावधानहरू तुरुन्त नसच्याइए नागरिकहरू सडकमा उत्रिन बाध्य हुने र त्यसको जिम्मेवार सरकार स्वयं हुनुपर्ने कडा चेतावनी उनले दिएका छन्।

प्रतिक्रिया