बाढीपीडित भोकै, सरकारी गोदाममा राहत कुहियो, कोषमा अर्बौँ रुपैयाँ थुपारेर रमिता देखाइँदै बालेन सरकार

बाढीपीडित भोकै, सरकारी गोदाममा राहत कुहियो, कोषमा अर्बौँ रुपैयाँ थुपारेर रमिता देखाइँदै बालेन सरकार


काठमाडाै‌ । भीषण बाढी र पहिरोबाट विस्थापित भएका हजारौँ पीडित नागरिकहरू खुला आकाशमुनि भोक, प्यास र ओतको अभावमा छटपटाइरहँदा सरकारी गोदाममा भने राहत सामग्री कुहिएर नष्ट भइरहेको खौफनाक दृश्य बाहिर आएको छ। सरकारी ढिलासुस्ती, प्रशासनिक अक्षमता र गैरजिम्मेवार संयन्त्रका कारण दाता तथा विभिन्न निकायले पठाएका चामल, पाल र लताकपडा पीडितसम्म नपुर्याई गोदाममै सडाइएको हो।

प्रधानमन्त्री राहत कोष र सरकारी खातामा अर्बौँ रुपैयाँ बजेट मौज्दात रहँदा समेत बाढीपीडितको पुनर्स्थापना र राहत वितरणमा ढिलाइ हुनुले राज्यको कडा असंवेदनशीलता छताछुल्ल पारेको छ। एकातिर पीडित परिवार त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य छन् भने अर्कोतिर सरकारी गोदाममा अत्यावश्यकीय सामग्री थुपारेर राखिँदा नागरिकमाझ आक्रोश र असन्तोषको ज्वाला सल्किएको छ।