काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा जारी खेलमा विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाएको हो ।
विराटनगरका लोकेश बमले सर्वाधिक ८७ रन बनाएका छन् । उनले ५३ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन बनाए । उनले ४ चौका प्रहार गरेका छन् । आन्द्रे रसेलले २७ रन बनाउँदा बसिर अहमदले १३ रन बनाए ।
विराटनगरका इमरान शेख ५ रन बनाएर आउट भए भने चरिथ असलंकाले ३ रन मात्रै बनाउन सके । शहान जयसूर्या ११ रन बनाएर रनआउट भए ।
कर्णालीका सोमपाल कामीले ४ तथा मार्क वाटले १ विकेट लिएका छन् ।
कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया