कांगेसलाई विवादित बनाउन चाहन्नः रामहरी खतिवडा

कांगेसलाई विवादित बनाउन चाहन्नः रामहरी खतिवडा


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरी खतिवडाले १५औँ महाधिवेशनपछि पार्टी गम्भीर अफ्ठ्यारो र सङ्कटको मोडमा पुगेको स्वीकार गर्दै पार्टीलाई कुनै पनि हालतमा विवादित बन्न नदिने चेतावनी दिएका छन्।

नवनिर्वाचित नेतृत्वको कार्यशैली र आन्तरिक असन्तुष्टिका कारण सानेपामा तनाव बढ्दै गएपछि उनले अब पुराना, निष्ठावान् र अनुभवी नेताहरूसँग घनिभूत छलफल गरेर अघि बढ्ने स्पष्ट पारे।

पार्टीभित्र गुटबन्दी, पक्षपात र मनोमानी निर्णयहरू हुन थालेको भन्दै खतिवडाले कांग्रेसलाई कसैको व्यक्तिगत स्वार्थको क्रिडास्थल बन्न नदिने अडान व्यक्त गरे। गगन थापाको नेतृत्वमा निर्वाचित टोलीले सबै पक्षलाई समेट्न नसके पार्टी दुर्घटनामा पर्ने सङ्केत गर्दै उनले पार्टीको एकता, मर्यादा र इतिहास जोगाउन आफूहरू पुराना नेतृत्वसँग समन्वय गरेर कडा कदम चाल्न बाध्य हुने संकेत दिएका छन्।