काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ-गाउँमा पुगेर माला र सम्मान थाप्ने तथा लम्बेतान भाषण गर्ने परम्परागत संस्कृति सधैंका लागि बन्द गर्न कडा निर्देशन दिएका छन्। नवनिर्वाचित पदाधिकारीहरूको शपथपछि सम्बोधन गर्दै उनले अब पार्टीका चाडपर्व, तिहार, छठ तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित नभई प्रत्यक्ष रूपमा समुदायसँग जोडिनुपर्ने बताए।
काठमाडौँमा बसेर वा गाउँमा गएर माला र सम्मान थाप्ने नाटक गर्ने दिन गएको भन्दै गगनले अब पार्टीका कुनै पनि कमिटीले भाषणबाजी र चाप्लुसीका कार्यक्रम राख्न नपाउने स्पष्ट पारे। जनतालाई देखाउने नाममा चन्दा उठाएर भोजभतेर गर्ने र लामबद्ध भएर भाषण छाँट्ने पाखे शैली बदलेर जनताको समस्या समाधान गर्न समुदायतर्फ केन्द्रित हुन उनले पार्टी पंक्तिलाई कडा चेतावनी दिएका छन्।

प्रतिक्रिया